दफा ११२
आमा, बाबु, बाजे तथा बजैको नाम उल्लेख गर्न पाउने

(१) कुनै औपचारिक कार्य, कानूनी काम कारबाही वा लिखतमा कानून बमोजिम आमा, बाबु तथा बाजे, बजैको नाम खुलाउनु पर्नेरहेछ भने त्यस्तो अवस्थामा कुनै पनि व्यक्तिलेआफ्नो आमा, बाबु तथा बाजे, बजैको नाम उल्लेख गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आमा, बाबु तथा बाजे, वजैको नाम उल्लेख गर्नु पर्ने कुनै व्यक्तिको बाबु पत्ता नलागेको अवस्थामानिजले आमा र आमा तर्फको बाजे, बजैको नाम उल्लेख गर्न सक्नेछ र आमाको पनि नाम पत्ता नलागेको भए सोही व्यहोराउल्लेख गरी निज नाबालक भए संरक्षक वा माथवरको र बालिग भए आफ्नो नाम मात्र उल्लेख गर्नु पर्याप्त हुनेछ ।